प्रभु महालक्ष्मी लाइफको नगद लाभांश सेयरधनीलाई वितरण

मंगलबार, १३ माघ २०८२, ११ : १८

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सेयरधनीहरूलाई वितरण गरेको छ।

साधारणसभाले पुस २० गतेसम्म कायम सेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) वितरणको प्रस्ताव पारित गरेको थियो।

सभाले पारित गरेको सोही ४ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा पुस ३० गतेदेखि वितरण गरेको हो। बोनस सेयर भने नेप्से र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचिकृत भएपछि मात्रै सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ।

 
मंगलबार, १३ माघ २०८२, ११ : १८

प्रतिक्रिया