पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

मंगलबार, १३ माघ २०८२, ११ : ३९

काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणालीमार्फत कारोबार गरिने उल्लेख गरिएको छ।

कम्पनी व्यवस्थापनका अनुसार तत्काल वित्तीय आवश्यकताका कारण उक्त लगानीको अंश घटाउने निर्णय लिइएको हो। स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त हुने रकम कम्पनीको नगद प्रवाह सुदृढ बनाउन प्रयोग गरिने जनाइएको छ।

सेयर कारोबारको प्रक्रिया अघि बढाउँदा बजारको चाल, मूल्य अवस्था तथा समग्र लगानी वातावरणलाई ध्यानमा राखिने कम्पनीले जानकारी दिएको छ।

 
मंगलबार, १३ माघ २०८२, ११ : ३९

प्रतिक्रिया