हिमपातले अवरुद्ध भुलभुले सडक खण्ड सञ्चालनमा

मंगलबार, १३ माघ २०८२, १४ : २०

काठमाडौं- शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ । 

भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।

हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा  दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएका थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका-१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

 
मंगलबार, १३ माघ २०८२, १४ : २०

प्रतिक्रिया