होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

बुधबार, १४ माघ २०८२, १० : २३

काठमाडौं- होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 

होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ४ लाख कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ।

अब होटलले बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि र ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

यस आईपीओमा आवेदन दिदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन माघ २२ गतेदेखि माघ २६ गते समयसम्म दिन सकिनेछ। यो आईपीओ बाँडफाँट गर्दा ३ लाख ३२ हजार आवेदकले १०र१० कित्ताका दरले सेयर पाउनेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

होटलको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

 
बुधबार, १४ माघ २०८२, १० : २३

प्रतिक्रिया