काठमाडौं- आर्थिक वर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले साढे २३ अर्ब माथि कुल बीमा शुल्क संकलन गरेका छन् ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार यी कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले ९३ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क, नेशनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
प्रतिक्रिया