काठमाडौं- फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनलाई मुख्य ऐजेण्डा बनाएर नेकपा एमाले दाङले विशेष सर्कुलर जारी गरेको छ । मंगलबार तुलसीपुर नगर कमिटिको बैठकमा जिल्ला कमिटि दाङको गत आईतवार बसेको बैठकले गरेका निर्णयहरु बारे जानकारी गराईएको थियो ।
जिल्ला कमिटिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्येनजर गर्दै तिन वटै निर्वाचन क्षेत्रमा विशेष सर्कुलर जारी गरेको छ ।
सोहि अनुसार निर्वाचन गतिविधिहरु संचालन गर्न निर्देशन गरिएको छ । नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।बैठकले जिल्ला कमिटिको विशेष सर्कलर अनुसार वडा देखी टोल सम्म निर्वाचन केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ । विशेष सर्कुलर अनुसार जिम्मेवारी बाँडफाड र परिचालन सम्बन्धी जानकारी गराईएको थियो ।
जिल्ला कमिटिले निर्वाचन क्षेत्रलाई लक्षित गर्दै भुगोल अनुसार विशेष जिम्मेवारी बाँडफाड गरेको छ । जसमा तुलसीपुर क्षेत्रका लागी कोमल वलीको नेतृत्वमा हुकुम बस्नेत, टोप बहादुर घर्ति , विनोद शर्मा र नेत्रमणी लामीछाने लगाएतलाई खटाईएको छ ।यस्तैगरी आर्थिक व्यवस्थापन कमिटिमा राम प्रसाद चालिसेको संयोजकत्वमा नारायण खनाल, निम बहादुर केसी र मेघराज भुसाल लगाएतलाई जिम्मेवारी दिएको छ ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा क्षेत्र नम्वर ३ का उमेदवार घनश्याम पाण्डे लगाएतले बोलेका थिए । बैठकको सहजीकरण नगर कमिटिका सचिव जित बहादुर खड्काले गरेका थिए । नेकपा एमालेले क्षेत्र नम्वर ३ बाट घनश्याम पाण्डे, क्षेत्र नम्वर २ बाट पाटीका महासचिव शंकर पोख्रेल र क्षेत्र नम्वर १ बाट रेवतीरमण शर्मालाई उमेदवार बनाएको छ ।
प्रतिक्रिया