फाइल फाेटाे
काठमाडौं- नेपाल-भारत सीमावर्ती क्षेत्र पर्सा वीरगञ्जको मितेरी पुलमा सीमा सुरक्षा पोस्ट सञ्चालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्सा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा सीमा सौन्दर्यकरण र सीमा सुरक्षा पोस्ट तयार पारिएको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सीमा सुरक्षा पोष्टको उद्घाटन गर्दै अबदेखि सीमा सुरक्षा पोस्ट व्यवस्थित ढंगले सञ्चालन गर्न सकिने बताए । ‘हामीले केही महिनादेखि निरन्तर रूपमा मितेरी पुल वरपर सीमा सौन्दर्यकरणको काम गर्दै आइरहेका छौँ । अहिले यहाँ हिँड्ने जो कोहीले पनि फरक अनुभूति गर्न सक्नुहुनेछ’, उनले भने, ‘स्वच्छ र हरियाली वीरगञ्ज बनाउने अभियानमा सरिक भएर लाग्न जरुरत भइसकेको छ ।’
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा सौन्दर्यकरण गरेसँगै हेर्दा हरियाली र व्यवस्थित देखिएको बताए ।
प्रतिक्रिया