काठमाडौंको मूलपानीमा गोली चलाएर प्रहरीले समात्यो १० लुटेरा

विहीबार, १५ माघ २०८२, १० : ०१

काठमाडौं– काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । 

रातिको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउको क्रममा प्रहरीले गोली चलाएको हो । 

 
विहीबार, १५ माघ २०८२, १० : ०१

प्रतिक्रिया