ओएन बायोटेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

विहीबार, १५ माघ २०८२, १० : ४१

काठमाडौं- ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले प्रतिसेयर अंकित मूल्य रु १०० दरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

वि.सं.२०७६ साल पौष महिना २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओ।एन।बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय तिलोत्तमा १६ मा रहेको छ भने उद्योग क्षेत्र रुपन्देहीको तिलोत्तमा १६, १७ एवम् रुपन्देहीको शुद्धोधन १ मा रहेको छ ।

कम्पनीले कृषि उत्पादन पछि खेर जाने सहायक सामग्रीहरु जस्तैः पराल, भुस, उखुको बगास, तोरीको पिना÷भुस लगायतका सामाग्रीहरु प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ भने बीउ उत्पादनका लागि गहुँ, जुनेलो तथा कोदोको प्रयोग गरी बीउ उत्पादन गरेर सबै खालका च्याउका बीउ बीजन समेत उपलब्ध गराउँदै आईरहेको छ ।
 

 
विहीबार, १५ माघ २०८२, १० : ४१

प्रतिक्रिया