सिजपको लुम्बिनी प्रदेश स्तरीय समिति गठन, डम्बर सुनार अध्यक्ष चयन

विहीबार, १५ माघ २०८२, १२ : २५

काठमाडौं- बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ ।

सिजपको प्रदेश स्तरीय सदस्य संस्थाहरूको आज भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति चयन गरेको छ । यसरी चयन भएको प्रदेश समितिको सचिवमा बास नेपालका निर्देशक हेमराज भट्ट चयन भएका छन् । 

यसै गरी समितिको सदस्यहरूमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दिपसरा पुन र चिरन्जीवी ज्ञवाली चयन भएका छन् । समितिको एक जना सदस्य भने नव निर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनीत गर्ने गरी रिक्त राखिएको छ । सिजपका महासचिव राजु घिमिरेको अध्यक्षतामा भएको प्रविधिमैत्री भेलामा उपस्थित सहभागीहरूलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश सिजप लुम्बिनी प्रदेश इन्चार्ज शिवलाल पाण्डेले गरेका थिए । 

भेलामा सिजपले गरिरहेको कार्य तथा प्रदेश समिति गठन तथा व्यवस्थापन कार्यविधिका विषयमा महासचिव राजु घिमिरेले प्रस्तुतीकरण गरेका थिए । समितिको कार्यकाल २ वर्षको रहनेछ । 

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) ले बालमैत्री, पोषणमैत्री, बाल संवेदनशील सामाजिक सुरक्षा, बाल अधिकारको संरक्षण र संवर्द्धनको लागि निरन्तर देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

 
विहीबार, १५ माघ २०८२, १२ : २५

प्रतिक्रिया