काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म जीवन बीमा कम्पनीहरूले कुल ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरूको आम्दानीमा वृद्धि भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २५ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
दोस्रोमा नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ र तेस्रोमा एलआइसी नेपालले १० अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
यसै गरी हिमालयन लाइफले ८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दा राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब २४ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया