काठमाडौं– खानेपानी, सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघको संयुक्त आयोजनामा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा खानेपानी उपभोक्ता संस्थाहरूको नेतृत्व विकास, आर्थिक पारदर्शिता, नवीन प्रविधि प्रयोग, तथा पानी शुद्धीकरण सम्बन्धी आधुनिक अभ्यासहरू जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही विज्ञ टोलीमार्फत सहजीकरण गरिएको थियो। कार्यक्रममा चोका प्रसाद ढिटाल, सीवा अमात्य, तथा डा। रणजीत वाझा लगायतका विषय विशेषज्ञहरूले सहजीकरण गरेका थिए।
देशभरका विभिन्न मध्य क्षेत्रका १६ वटा खानेपानी उपभोक्ता संस्थाबाट अध्यक्ष तथा कार्यालय प्रमुखहरूको सहभागिता रहेको यस कार्यक्रमले संस्थागत क्षमता सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रमले उपभोक्ता संस्थाहरूलाई दिगो व्यवस्थापन, पारदर्शिता र आधुनिक प्रविधि अपनाउँदै गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय खानेपानी नवप्रवर्तन केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली रहेका थिए । उक्त कार्यक्रमको विशेष अतिथिका रूपमा महसुल निर्धारण आयोगका अध्यक्ष को पनि उपस्थिति रहेको थियो।
प्रतिक्रिया