काम नगर्ने ठेकेदारलाई सरकारले दियो पूर्जी

शुक्रबार, १६ माघ २०८२, १४ : ३६

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । ठेक्का ओगट्ने तर काम नगर्ने केही निर्माण व्यवसायीमाथि कारवाही प्रक्रिया अघि बढेको हो । 

 कार्यालयले एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीलाई आगामी सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

अन्यथा, कालोसूचीमा राख्न प्रक्रिया अघि बढाउने कार्यालयको चेतावनी छ । स्पष्टीकरण सोधिएकामा ओम गणेश निर्माण सेवा, पृथ्वी निर्माण सेवा, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, डाइमेन्सनल कन्स्ट्रक्सन, जिबी मेटल क्राफ्ट इन्डष्ट्रिज एण्ड सप्लायर्स, सुरज कन्स्ट्रक्सन, अर्भान कन्स्ट्रक्सन, ब्रोदर्श कन्स्ट्रक्सन र सूर्यदिप छापाखाना रहेका छन् ।

 
शुक्रबार, १६ माघ २०८२, १४ : ३६

प्रतिक्रिया