बीमा प्राधिकरणको कोशी प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै

शनिबार, १७ माघ २०८२, १२ : २५

काठमाडौं- नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले माघ १८ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ ।

बीमा प्राधिकरण कोशी प्रदेशले एक सूचना जारी गर्दै आइतबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरिने जनाएको हो ।

बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपालभरिबाट सहभागी हुन सक्नेछन् ।

साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

 
शनिबार, १७ माघ २०८२, १२ : २५

प्रतिक्रिया