सुपर मादी हाइड्रोपावरको नाफामा ६९ प्रतिशत वृद्धि, अन्य सूचक कस्तो ?

शनिबार, १७ माघ २०८२, १३ : ०९

काठमाडौं- सुपर मादी हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.०२ प्रतिशत घटेर ६७ करोड २८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८.७१ प्रतिशत बढेको छ । कम्पनीको अन्य सञ्चालन खर्च समीक्षा अवधिमा २६.१० प्रतिशत र वित्तीय खर्च १४.८३ प्रतिशत घटेको छ ।

.समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ६८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ । 

२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

 
शनिबार, १७ माघ २०८२, १३ : ०९

प्रतिक्रिया