‘अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स’ तथा ‘डिस्टिंग्विस्ड सर्भिसेस २०२५’ सम्पन्न, विभिन्न संस्था एवं व्यक्तिहरू सम्मानित

शनिबार, १७ माघ २०८२, १६ : ०८

काठमाडौं- कर्पोरेट क्लब नेपाल प्रालिको आयोजनामा ‘अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स’ तथा ‘अवार्ड्स फर डिस्टिङ्ग्विस्ड सर्भिसेस २०२५’ को पाँचौँ संस्करण सम्पन्न भएको छ।

माघ १६ गते, शुक्रबार काठमाडौंस्थित होटल हिमालयनमा आयोजित कार्यक्रममा उद्योगमन्त्री अनिल कुमार सिन्हा र अर्थमन्त्री रमेश्वर प्रसाद खनालको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

नेपालको निजी क्षेत्रमार्फत मुलुकको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। यस्ता सम्मान कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र उत्कृष्ट कार्य गर्न सबैलाई प्रेरणा दिने विश्वास आयोजकको रहेको छ।

कार्यक्रमको तयारी करिब पाँच महिनाअघि देखि सुरु गरिएको थियो भने निर्णायक मण्डलले चार महिनासम्म निरन्तर मूल्यांकन प्रक्रिया सम्पन्न गरेको थियो। निर्णायक मण्डलको नेतृत्व पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका थिए। मण्डलका अन्य सदस्यहरूमा प्रा.डा. महानन्द चालिसे, विनोद सिंह, डा. गजेन्द्र बिष्ट, सुनिल के.सी. तथा नीतु पण्डित रहेका थिए ।

आयोजक कमिटीकी सह–अध्यक्ष सम्झना शर्माले आगामी दिनमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने संस्था तथा व्यक्तिहरूलाई समेट्दै कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सम्मानित हुने संस्था तथा व्यक्तिहरु :

awardass

 
 
शनिबार, १७ माघ २०८२, १६ : ०८

प्रतिक्रिया