मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, १९ माघ २०८२, ०७ : २५

काठमाडौं- हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । 

हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । 

सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

सोमबार, १९ माघ २०८२, ०७ : २५

प्रतिक्रिया