काठमाडौं - जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा फरार १७ जना अभियुक्तलाई पक्राउ गरेको बताएको छ । प्रहरीले दिएको जानकारी अनुसार विभिन्न मुद्दामा फरार भएका उनीहरुलाई खोजीकार्य गर्ने क्रममा पक्राउ गरिएको हो । जिल्लाका विभिन्न स्थानबाट एक हप्ताको अवधीमा उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
मुद्दा फैसला भई फरार रहेका उनीहरुलाई अदालतबाट ३१ लाख ७९ हजार दुई सय छेयत्तर रुपैया जरिवाना र ५ वर्ष ७ महिना १ दिन कैद सजाय तोकिएको छ । फैसला कार्यन्वयनका लागी प्रहरीले जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।
प्रतिक्रिया