नेपाल आदिवासी ज्ञान सम्मेलन हुँदै

सोमबार, १९ माघ २०८२, १५ : ११

काठमाडौं- नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ को आयोजना गर्ने भएको छ ।

सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसबारे जानकारी गराएको हो । महोत्सवले आदिवासी समुदाय, श्रोत, वर्ग, नीति निर्मातालाई एकै थलोमा ल्याइ आदिवासी ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखेको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताए । उनकाअनुसार प्रतिष्ठानले रजत जयन्तीलाई माघ २५ देखि २७ सम्म ज्ञान सम्मेलन सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरी मनाउने बताए ।

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने उनले जानकारी दिए । ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण भन्ने मूल नारासहित प्रतिष्ठान स्थापना भएको २५ औँ वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउन लागेको बताए । पुस्तौँदेखि अभ्यासमा रहेका ज्ञानको संरक्षण र पुस्तान्तरण गर्ने अभियानका रूपमा प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ आयोजना गर्न लागेको हो । ज्ञान सम्मेलनको दोस्रो दिन आदिवासी परम्परा, प्रणालीलाई व्यापकीकरण गर्न आवश्यक कार्यक्रमहरू आयोजना हुने बताए ।

आदिवासी ज्ञान प्रणाली परम्परा मात्रै नभई सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएको बताए ।

 
सोमबार, १९ माघ २०८२, १५ : ११

प्रतिक्रिया