काठमाडौं- मेटलाइफ इन्क लगातार सातौँ वर्ष फर्चुन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिजको सूचीमा सूचीकृत भएको छ। सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ।
फर्चन कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फर्चुन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्यांकन गर्दै आएका छन्। यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यहरूलाई आफ्नै उद्योगभित्रका कम्पनीहरूलाई नौवटा मापदण्डका आधारमा मूल्यांकन गरिन्छ। ती मापदण्डहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन्।
मेटलाइफले यसअघि सन् २०२५ मा १०औँ स्थानमा रहँदै लगातार दोस्रो वर्ष फर्चुन वर्ल्डस् २५ बेस्ट वर्कप्लेस सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्कको प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रतिक्रिया