यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ सार्वजनिक

मंगलबार, २० माघ २०८२, ११ : २१

काठमाडौं- यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ भारतमा सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा ईसी ०६ स्कुटरको मूल्य १ लाख ६७ हजार भारु (एक्स शोरुम) तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले ‘मास प्रोडस्कन’ सुरु गरेको १ महिनापछि ईसी ०६ स्कुटर भारतीय बजारमा आधिकारिक रूपमा बिक्री थालेको हो । यामाहाले दुईपाँग्रे इलेक्ट्रिक स्टार्टअप कम्पनी रिभरको कर्नाटकको होस्कोटस्थित प्लाण्टबाट ईसी ०६ को मास उत्पादन गरेको हो ।

यामाहाले ईसी ०६ लाई रिभरको इन्डीको स्कुटर प्लेटफर्ममै बनाएको हो । तर, यस स्कुटरको डिजाइन भने फरक रहेको छ । ईसी ०६ मा प्रयोग गरिएको धेरैजसो मेकानिकल पार्टपुर्जा र अन्य फिचरहरू पनि रिभर इन्डी स्कुटरबाटै लिइएको छ ।

ईसी ६ मा ४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसमा ६.७ किलोवाटको मिड माउन्टेड मोटर छ । यसले २६ एनएम टर्क जेनेरेट गर्छ । यामाहाको यस ई स्कुटरले एक पटकको फुल चार्जमा १६९ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

दैनिक प्रयोजनका लागि उपयुक्त हुने यामाहा ईसी ०६ मा कनेक्ट सिस्टम सहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलईडी हेडलाइट्स, एलईडी टेललाइट्स, इको, स्ट्यान्डर्ड र पावर मोड, हाइड्रोलिक ड्याम्पर्स, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, डबल डिस्क ब्रेक, कम्बी ब्रेकिङ सिस्टम लगायत फिचरहरू छन् ।

 
मंगलबार, २० माघ २०८२, ११ : २१

प्रतिक्रिया