रोटरी क्लव अफ नार्गाजुनद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

मंगलबार, २० माघ २०८२, १२ : ३१

काठमाडौं- रोटरी क्लव अफ नार्गाजुनले आफनो २२ औं स्थापना दिवशको अवसर पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ ।

रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले क्लवकातर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन् ।

करिब २ सय जना उच्चपदस्त ट्राफिक प्रहरीहरुको उपस्थितिमा ट्राफिक प्रहरीको कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले रोटरी संस्था नेपाललगायत संसारभर मानव कल्याण र सामाजिक सेवाका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गदैं जेनजी आन्दोलनपछि उत्पन्न परिस्थीति आफुहरुले सानो सहयोग हस्तान्त्रण गरेको र आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यसै गरी प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले रोटरीलगायतका सामाजिक संस्थाहरुकै कारण ट्राफिकको पोसाकदेखि भवन निमार्ण र भौतिक संरचनामा धेरै ठुलो योगदान पुगेको उल्लेख गरे । हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष विशाल गैरले ट्राफिक प्रहरी कार्यालयलाई निरन्तर सहयोग गर्ने वचन दिए । जेनजी आन्दोलनका बेला रोटरी क्लव अफ नार्गाजुनका पुर्व अध्यक्ष सम्भु अमगाईले क्लवका तर्फबाट भौतिक निमार्ण र रेक्टोफिटिबमा पुयाएको योगदानका लागि प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले समेत उनलाई सम्मान गरेका थिए । 

सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी डिष्ट्रिकका एसिस्टेन्ट गर्भनर मञ्जु धमला, डिष्ट्रिक सेक्रेटरी अनिस बज्रचार्य र रोटरी क्लव अफ नार्गाजुनकातर्फबाट निर्वतमान अध्यक्ष सतिस सर्मा, सचिव अर्जुन खड्का र कोषाध्यक्ष निखिल अग्रवालको सहभागिता रहेको थियो ।

 
मंगलबार, २० माघ २०८२, १२ : ३१

प्रतिक्रिया