गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

मंगलबार, २० माघ २०८२, १२ : ३५

काठमाडौं- गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गर्नु भएको हो । उक्त समारोहमा  बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, सङ्गीतकार जुगल डंगोल, सङ्गीतकार भुपेन्द्र रायमाझी,  गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, सङ्गीतकार मनराजा नकर्मी, सञ्चारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधव राज खरेल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

नेपाली भाषातर्फ तिम्रो याद एल्बममा पाँच वटा गीतहरू समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, सङ्गीतकार राजु सिंह संगीत तथा  फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीत देखी लिएर डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन  रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । अनायासै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तै गरी श्रीपुरुष ढकालको शब्द  तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र  जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको  शब्द, संगीत तथा संगीत संयोजन रहेको यस्तै हो कि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।

त्यस्तै नेपाल भाषाको एल्बम नुगः या मिखां मा आठवटा गीतहरू समावेश गरिएको छ । जसमा, सानुबाबु महर्जनको स्वर, शब्द, संगीत  र भूपेन्द्र बज्राचार्य संगीत संयोजनमा नग्या मिसा, सानुबाबु महर्जन कै स्वर, शब्द, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको गीत हिँसि दुख मयु पनि एल्बम नुगः या मिखां मा समावेश रहेको छ । हिँसि दुख मयु गीतमा गायक महर्जनलाई गायिका निशा देशारले साथ दिनु भएको छ । त्यस्तै दुर्गालाल श्रेष्ठको शब्द तथा सानुबाबु महर्जनको स्वर, संगीत तथा जुगल डंगोलको संगीत संयोजन रहेको ख्वमाल ख्वका बोलको गीतका साथै धर्मकृष्ण सिकर्मीको शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा रबिक धाय को संगीत संयोजन रहेको गीत व स्वःसां वाला, रेखा भाय को शब्द, सानुबाबु महर्जनको स्वर, संगीत तथा सुमन कपालीको संगीत संयोजन रहेको गीत छुं छुं म्हाय, सानुबाबु महर्जन को स्वर, शब्द र संगीत तथा रबिक धाय को संगीत संयोजन छुं मयु जित, दुर्गालाल श्रेष्ठ को शब्द तथा जुगल डंगोल संगीत संयोजन रहेको मां यः मां बोलको गीतलाई पनि उक्त एल्बममा समावेश गरिएको छ । त्यसैगरी जगमोहन वामि को शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन जिमि कला तरक भिं पनि उक्त एल्बममा समावेश गरिएका गीतहरू हुन् ।

उक्त समारोहमा दुईवटा म्यूजिक भिडियोहरू क्रमशः हिसि दुम्ह मयजु र मस्यु जितः छु जु छु जु  पनि प्रस्तुत गरिएको थियो । प्रस्तुत गीतका कलाकार, निर्देशक, छाँयाकार तथा प्राविधिकहरूको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

समारोहलाई सञ्चारकर्मी तथा कार्यक्रम सञ्चालक सुरज बज्राचार्यले सहजीकरण गर्नु भएको थियो भने उक्त समारोहमा दुवै एल्बममा सहभागी कलाकार, स्रष्टा तथा सर्जकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दर्शक तथा समर्थकहरूको बाक्लो उपस्थितिमा सम्पन्न गरिएको समारोहको सभापतित्व ज्यापु समाजको प्रथम उपाध्यक्ष शर्मिला महर्जनले गरेका थिए । 

 
मंगलबार, २० माघ २०८२, १२ : ३५

प्रतिक्रिया