काठमाडौं– काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सर्वसाधारणका लागि खुला गरिएको छ।
आइतबारबाट कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको हो ।
सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो। बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्दै आएका थिए।
प्रतिक्रिया