अनर एक्स ९ डी को ऐतिहासिक सुरुवात, पहिलो दिनमै १ हजारभन्दा बढी युनिट बिक्री

मंगलबार, २० माघ २०८२, १६ : १६

काठमाडौं- अनर नेपालले नयाँ स्मार्टफोन अनर एक्स ९ डीको बिक्रीमार्फत नयाँ कीर्तिमान कायम गरेको छ।

सार्वजनिक गरिएको पहिलो दिनमै १ हजारभन्दा बढी युनिट बिक्री भएको अनर नेपालको इतिहासमै पहिलो दिन हो।

नेपाली उपभोक्ताहरूबाट प्राप्त असाधारण प्रतिक्रियाले अनर ब्रान्डप्रति बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको छ। शक्तिशाली प्रदर्शन, उद्योगस्तरकै अग्रणी मजबुती (durability) र प्रिमियम फिचरहरूका कारण अनर एक्स ९ डी छोटो समयमै आफ्नै सेग्मेन्टमा चर्चित विकल्पका रूपमा स्थापित भएको छ।

अनर नेपालका अनुसार, यो पहिलो दिनको उल्लेखनीय सफलताले कम्पनीको इतिहासमा बलियो सुरुवातको संकेत गरेको छ। साथै, नेपाली प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर विश्वसनीय, उच्च प्रदर्शनयुक्त र नवीन प्रविधि प्रदान गर्ने अनरको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

अनर एक्स ९ डीको उत्कृष्ट सुरुवातसँगै नेपाली स्मार्टफोन बजारमा अनरको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

मंगलबार, २० माघ २०८२, १६ : १६

प्रतिक्रिया