फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

बुधबार, २१ माघ २०८२, ०९ : ३९

पर्वत– स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ । 

फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो । स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले जानकारी दिए ।

“सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती भइरहेको छ । अन्य क्षेत्रमा हिउँदे आलु, केराउ,तथा मुसुरो लगाइएको छ । हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका आठ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ”, उनले भने ।  

 
बुधबार, २१ माघ २०८२, ०९ : ३९

प्रतिक्रिया