अमेरिकाबाट एकैपटक १२१ नेपाली डिपोर्ट हुँदै

बुधबार, २१ माघ २०८२, १० : ३७

काठमाडौं— अमेरिकी सरकारले आगामी फेब्रुअरी २१ मा १२१ जना नेपाली नागरिकलाई एकैपटक देश निकाला ९डिपोर्ट० गर्ने तयारी गरेको छ। अवैध रूपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीहरू विरुद्ध अपनाइएको कडा नीतिका कारण यो अहिलेसम्मकै ठूलो समूहगत डिपोर्टेसन हुने देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै आप्रवासन नीतिमा कडाइ बढ्दा नेपाली नागरिकहरूको डिपोर्टेसन उल्लेख्य रूपमा तीव्र भएको छ। यसअघि जनवरी २० मा मात्र ८० जना नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएको थियो। त्यसैगरी, गत डिसेम्बरमा ७५ जना नेपाली अमेरिका बाट फिर्ता गरिएका थिए।

डिपोर्ट हुनेहरूमध्ये अधिकांश नेपालीहरू मेक्सिको हुँदै अवैध बाटो प्रयोग गरेर अमेरिका प्रवेश गरेका थिए। उनीहरूले यसका लागि ८० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गरेको जनाइएको छ। मानव तस्कर र एजेन्टको जालोमा परेर जोखिमपूर्ण यात्रामा निस्किएका उनीहरू अन्ततः कानुनी कारबाहीको सामना गर्दै स्वदेश फर्किन बाध्य भएका हुन्।

स्वदेश फर्किएपछि उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्ने गरेको छ। तर, ठूलो रकम ठगिए पनि कानुनी झमेलाको डर, सामाजिक प्रतिष्ठा र प्रक्रियागत झन्झट का कारण थोरैले मात्र एजेन्टविरुद्ध उजुरी दिने गरेको सम्बन्धित निकायको भनाइ छ।

 
 
बुधबार, २१ माघ २०८२, १० : ३७

प्रतिक्रिया