काठमाडौं- एक्चुअरियल सोसाइटी अफ नेपालले नयाँ सदस्यता वितरणका लागि आवेदन खुला गरेको छ।
नेपालमा पेशागत बीमांकी तथा गणित विज्ञानका विद्यार्थीहरूको संगठनका रूपमा स्थापित यो संस्थाले २०२६।२७ का लागि सदस्यता वितरण गर्न आवेदन खुला गरेको हो।
संस्थाका अनुसार, बीमांकी पेशामा रहेका इच्छुक व्यक्ति वा बीमांकी विषय अध्ययन गरेका विद्यार्थीले सदस्यता ग्रहणका लागि वेबसाइटमार्फत अनलाइन आवेदन दर्ता गराउन सक्नेछन् ।
यसका लागि मार्च महिनाको अन्त्यसम्ममा आवेदन दिन सकिनेछ।
प्रतिक्रिया