भुजुङ हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

बुधबार, २१ माघ २०८२, १३ : ०१

काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता बाँडफाँट हुने भएको छ । 

कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँट अर्को साता गर्ने तयारी गरेको जानकारी दिएको हो ।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा ३७.०९ प्रतिशत बढी हो । 

कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०÷१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।

 
बुधबार, २१ माघ २०८२, १३ : ०१

प्रतिक्रिया