प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

बुधबार, २१ माघ २०८२, १३ : ५५

काठमाडौं- प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइतबार वालिङ नगरपालिका वडा नं १ खहरे स्याङ्जामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खहरे आमा समुहमा आवद्ध स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य वालिङ खहरे क्षेत्रका आमा समूहका सदस्यहरूलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्नुका साथै लघु बीमाको परिचय र यसको महत्व बुझाउनु रहेको थियो। साथै लघुबीमाले उक्त समुदायमा बसोबास गर्ने मानिसहरुका दैनिक जीवनका जोखिमहरुलाई व्यवस्थापन गर्न कसरी सहजीकरण गर्छ भन्ने बारेमा सहजीकरण गराउनु समेत कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

आइतवारका दिन प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय पोखरामा कार्यरत कर्मचारीहरु तथा वालिङ नगरपालिका वार्ड नं १ स्याङ्जामा रहेको खहरे आमा समूहसँग आवद्ध महिलाहरु सहितको उपस्थितिमा एक दिने बीमा सम्बन्धी सचेतना कार्यक्रममा सञ्चालन भएको थियो ।

उक्त सचेतना कार्यक्रममा कम्पनीको पोखरा उपशाखामा कार्यरत शाखा प्रवन्धक महेन्द्र ढुङ्गानाले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको बारेमा जानकारी दिदै बीमाको आवश्यकता तथा महत्व, कम्पनीले सञ्चालनमा ल्याएका लघु बीमा योजनाहरू, दुर्घटना तथा स्वास्थ्य बीमाको महत्व, साथै बीमा दाबी प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए ।

बुधबार, २१ माघ २०८२, १३ : ५५

प्रतिक्रिया