नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

बुधबार, २१ माघ २०८२, १६ : ३३

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी जम्मा ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सूचिकृत भएको उक्त कम्पनीहरुको सेयर भोलिदेखि कारोबारमा आउनेछन् ।

 
बुधबार, २१ माघ २०८२, १६ : ३३

प्रतिक्रिया