मौसम पूर्वानुमान

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु तथा कुहिरो, पहाडी र हिमाली भेगको मौसम सफा रहने

विहीबार, २२ माघ २०८२, ०७ : ३३

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको  सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 

विहीबार, २२ माघ २०८२, ०७ : ३३

प्रतिक्रिया