होटल फरेष्ट इनको आईपीओ सार्वसाधारणका लागि आजदेखि बिक्री खुला

विहीबार, २२ माघ २०८२, १० : १०

काठमाडौं- होटल फरेष्ट इनले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।

यस आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखासँगै सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

होटल फरेष्ट इनको आईपीओ निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।

होटलको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 
विहीबार, २२ माघ २०८२, १० : १०

प्रतिक्रिया