काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो।
कम्पनीले ४० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर बिक्री गर्नेछ।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ
प्रतिक्रिया