बीमा प्राधिकरणले शुक्रबार अभिकर्ता परीक्षा सञ्चालन गर्दै

विहीबार, २२ माघ २०८२, १३ : ३२

काठमाडौं- नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयले अनलाइन अभिकर्ता परीक्षा गर्ने भएको छ । यसका लागि प्राधिकरणले तालिका सार्वजनिक गरेको हो। 

प्राधिकरणका अनुसार परीक्षा माघ २३ गते शुक्रबार दिउँसो १२ बजेबाट सुरु हुनेछ। 

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । 

परीक्षामा देशैभरीबाट सहभागी हुन सकिने प्राधिकरणले जानकारी दिएको छ । 

 
विहीबार, २२ माघ २०८२, १३ : ३२

प्रतिक्रिया