चितवन पुगे रास्वपा सभापति रवि लामिछाने,  घरदैलो कार्यक्रममा सरिक हुने

विहीबार, २२ माघ २०८२, १४ : ३६

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आज (बिहीबार) दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल हुँदै चितवन गएका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यसपछि भरतपुरको विशालचोकस्थित निवासमा गृहप्रवेशको कार्यक्रम तय छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकेन्द्रित घरदैलो कार्यक्रमका निम्ति लामिछाने चितवन पुगेका उनले जानकारी दिए । लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार छन् ।

 
विहीबार, २२ माघ २०८२, १४ : ३६

प्रतिक्रिया