काठमाडौं- ब्रिटिस काउन्सिल नेपालले ग्लोबल च्यानल पार्टनर क्याम्पेन २०२५ अन्तर्गत आइइएलटिएस प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका साझेदार संस्थाहरूलाई सम्मान गर्दै ५ फेब्रुअरी २०२६ मा विशेष सम्मान समारोह सम्पन्न गरेको छ।
नेपालमा आइइएलटिएसको पहुँच विस्तार, गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्न महत्वपूर्ण भूमिका खेलेका साझेदार संस्थाहरूको योगदानलाई कदर गर्ने उद्देश्यले आयोजित समारोहमा अग्रणी शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समारोहमार्फत नेपाली विद्यार्थी र व्यवसायिक व्यक्तिलाई अन्तर्राष्ट्रिय शिक्षा तथा करिअर विकासका अवसर दिलाउन ब्रिटिस काउन्सिल नेपालले गर्दै आएको निरन्तर प्रयास र उपलब्धिलाई उत्सवका रूपमा मनाइएको थियो। १ अगस्ट २०२५ देखि ३१ जनवरी २०२६ सम्म सञ्चालन गरिएको अभियानको आधारमा उत्कृष्ट कार्यसम्पादन गरेका १० साझेदार संस्था सम्मानित भएका हुन्।
ब्रिटिस काउन्सिलको आइइएलटिएस पार्टनर समिट २०२५ का अवसरमा औपचारिक रूपमा घोषणा गरिएको उक्त अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा साझेदारहरूको योगदानलाई मान्यता दिने लक्ष्य लिएको छ।
यसै अभियान अन्तर्गत आगामी मार्च २३ देखि २७ सम्म लन्डनमा आयोजना हुने ग्लोबल च्यानल पार्टनर मिट–अप तथा अवार्ड समारोहमा नेपालबाट छनोट भएका उत्कृष्ट साझेदारहरूलाई विश्वव्यापी रूपमा सम्मान गरिनेछ।
लन्डनमा सम्मान पाउने नेपाली साझेदारहरू यस्ता छन्:
कम्प्युटरमार्फत आइइएलटिएसमा सर्वाधिक योगदान गर्ने संस्था
अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि – सुनिल रेग्मी
समग्रमा आइइएलटिएसमा सर्वाधिक योगदान गर्ने संस्था
अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि – सुनिल रेग्मी
वार्षिक प्रगतिमा उत्कृष्ट संस्था
केआइइसी लर्निङ सेन्टर प्रा.लि – राजेन्द्र रिजाल
तीव्र विकास र उदयमान साझेदार
द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि – शालिकराम भण्डारी
उत्कृष्ट कार्यसम्पादन गर्ने संघ
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) – एन्ड्रयु पौडेल
नेपालमै पनि थप संस्थाहरू सम्मानित
विश्वव्यापी अवार्ड विजेताबाहेक ब्रिटिस काउन्सिल नेपालले निम्न संस्थाहरूलाई पनि उत्कृष्ट साझेदारका रूपमा सम्मान गरेको छः
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस प्रा.लि
आरटीसी इङ्लिस
युनी कन्सल्टेन्ट एलायन्स प्रा.लि
बिर्तामोड एजुकेसन फाउन्डेसन प्रा.लि
ग्रेस इन्टरनेशनल ग्रुप प्रा.लि
एइसीसी ग्लोबल
सुमेधा एजुकेसन नेटवर्क प्रा.लि
समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले आइइएलटिएसप्रति इमान्दारिता, गुणस्तर र प्रतिबद्धतासहित निरन्तर योगदान गर्ने साझेदारहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए। उनले भने, “ग्लोबल च्यानल पार्टनर क्याम्पेनले आइइएलटिएस सञ्चालनका उच्च अन्तर्राष्ट्रिय मापदण्डप्रति हाम्रो संस्थागत प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।”
यस्तै, बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले साझेदार संस्थाहरूले आइइएलटिएसको पहुँच विस्तार र अन्तर्राष्ट्रिय शिक्षाप्रति नेपाली आकांक्षालाई सशक्त बनाएको उल्लेख गरे। “यस अभियानमार्फत हामीले कार्यसम्पादनलाई अन्तर्राष्ट्रिय अवसरसँग जोडेका छौँ। लन्डनमा हुने अवार्ड समारोहले नेपाली साझेदार संस्थाको क्षमता अभिवृद्धि र विश्वव्यापी असल अभ्यास आदान–प्रदानमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” उनले भने।
प्रतिक्रिया