चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

शुक्रबार, २३ माघ २०८२, ०९ : ४८

संखुवासभा– जिल्लाको चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।  

प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे । 
 

 
शुक्रबार, २३ माघ २०८२, ०९ : ४८

प्रतिक्रिया