काठमाडौं- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । राते काँइला’ को नामले नेपाली चलचित्र क्षेत्रमा परिचित वरिष्ठ कलाकार थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निुधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार, हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
प्रतिक्रिया