सेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट खुलाउन नेप्सेको निर्देशन

शनिबार, २४ माघ २०८२, १० : १७

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत सम्पूर्ण कम्पनी र सेयर रजिष्ट्रारहरुलाई लाभांश वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै सूचिकृत कम्पनी तथा सेयर रजिष्ट्रारलाई उक्त निर्देशन दिएको हो ।

नेप्सेले सेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न आग्रह गरेको छ ।

यस्तै, ऋणपत्र वा डिबेञ्चरको पनि ब्याजदर स्पष्ट खुलाएर मात्र पठाउन निर्देशन दिएको छ ।

 
शनिबार, २४ माघ २०८२, १० : १७

प्रतिक्रिया