काठमाडौं- अतिथि रिसोर्ट एन्ड स्पाले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा यो रिसोर्टले १६ करोड २५ लाख रुपैयाँबराबरको आ्रईपीओ जारी गर्नेछ। जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नेछ।
यस रिसोर्टको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रतिक्रिया