काठमाडौं- बास नेपालले आफ्ना दुई कर्मचारीहरूलाई बिदाइ गरेको छ । बास नेपालमा अनुगमन, मूल्याङ्कन, जबाफदेहिता तथा सिकाई अधिकृतको रूपमा कार्यरत हंश बहादुर शाही र असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी विकलाई बिदाइ गरेको छ । आफ्नो व्यक्तिगत कारण जनाई राजीनामा दिएका कर्मचारी द्वयलाई बास नेपालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । कार्यक्रममा दुवै कर्मचारीलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य द्वय बसन्ती शर्मा, बब्लु शेष, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारीले सम्मान पत्र प्रदान गरेका थिए । बिदाइ भएकी कर्मचारी जानकी विकले असल शासन मिडियामा ईण्टर्नको रूपमा कार्य सुरु गरी २०७८ साल मंसिर १ गते देखि २०८२ साल पौष सम्म बजार प्रतिनिधिको रूपमा कार्यरत थिइन् भने हंश बहादुर शाही रुम टु रिडको सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रममा १५ सेप्टेम्बर २०२४ देखि ३१ डिसेम्बर २०२४ सम्म प्रशासन तथा लेखा अधिकृतको रूपमा सफलता पूर्वक जिम्मेवारी पुरा गर्नुका साथै हाल द कोकाकोला फाउन्डेसनको सहयोगमा बास नेपालद्वारा सञ्चालित हरित नेपालगन्ज : सामुदायिक फोहर रूपान्तरण परियोजनामा अनुगमन, मूल्याङ्कन, जबाफदेहिता तथा सिकाई अधिकृतको रूपमा कार्यरत थिए ।
बिदाइ कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य बब्लु शेष, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, लेखा अधिकृत राष्टि बुढा, कार्यक्रम अधिकृत रवीन्द्र बोहरा, प्रशासकीय अधिकृत शुद्ध चौधरी, कार्यक्रम अधिकृत शोभा थापा मगर कार्यक्रम प्रबन्धक रमिता शाह, बजार प्रतिनिधि दिनेश चौधरी, सामुदायिक सहजकर्ता ज्योति बुढा लगायतले बिदाइ हुने कर्मचारीका बारेमा बोलेका थिए । कार्यक्रममा बोल्दै बिदाइ हुने कर्मचारी शाही र विश्वकर्माले संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया