चुनावी रौनक

सिन्धुली–२ मा ‘बस्ने मुढा’प्रति जनलहर बढ्दो, महेश्वर दाहाललाई स्थानीयको स्वतस्फूर्त सहयोग (तस्बिरहरु)

आइतबार, २५ माघ २०८२, ०९ : ३४

सिन्धुली– नेपाली कम्युनिष्ट पार्टी केन्द्र नेतृत्वले जिल्ला पार्टीको सिफारिस लत्याएर आफैं सिन्धुली(२ को उम्मेदवारी तय गरिदिएपछि, बिधि-पद्धतिको पक्षमा त्यहाँभित्र भएको विद्रोहले पेचिलो प्रभाव पैदा गरेको महसुस गरिएको छ। २१ फागुनको निर्वाचनको मिति नजिकिँदै गर्दा महेश्वर दाहालको चुनाव चिन्ह ‘बस्ने मुढा’प्रति जनआकर्षण बढ्दो देखिएको छ।

दाहाल यतिबेला आन्तरिक भेला तथा घरदैलो अभियानकै चरणमा छन्। सिन्धुली–२ अन्तर्गका पालिका तथा वडा तहका आन्तरिक भेला एवम् घरदैलो अभियानमा किसान, बुद्धिजीवी, नेकपासम्बद्धहरू, समर्थकहरू, अन्य पार्टीका व्यक्ति र आम मतदाताहरूले वास्तविक जनप्रतिनिधि छान्ने मौकाका रूपमा उनलाई सघाइरहेको देखिएको छ।

दाहाल स्थानीय उमेदवार भएर मात्र होइन, जनयुद्ध र जनआन्दोलनका एक कर्मठ व्यक्तित्व, मोलाहिजारहित सादगी जीवनका पर्याय, सुशासन एवम् जननीतिका पक्षमा पार्टीमा र समाजमा सम्झौताहीन संघर्षरत व्यक्तित्व हुन् ।

त्यसो त उनले अरुले जसरी आफुले जितेमा ‘यो गर्दिन्छु र उ गर्दिन्छु’भन्दै विकासे चमत्कारको सस्तो नारा दिएका छैनन्, बरु एक जिम्मेवार जनप्रतिनिधि भएर जनताको हक अधिकारको पक्षमा सँगसँगै आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सामाजिक न्याय र समृद्धिका आधारभूत प्राथमिकताहरू तय गर्दै राज्यस्रोतको सामुदायिकरणमा आफु संधै डटिरहने प्रण उनले गरेका छन्।

 

 
 
 
आइतबार, २५ माघ २०८२, ०९ : ३४

प्रतिक्रिया