हापुरे पुरनधारा खानेपानी उपभोक्ता समितिको १८औँ साधारण सभा सम्पन्न

आइतबार, २५ माघ २०८२, १० : ३७

दाङ– हापुरे पुरनधारा खानेपानी उपभोक्ता संस्थाको १८औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्षको अध्यक्षतामा आयोजित सभाको उद्घाटन समारोहमा बबई गाउँपालिकाका उपाध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथिले स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउनु स्थानीय सरकारको मूल दायित्व भएको स्पष्ट पारे। उनले खानेपानी सेवा सुदृढ बनाउन स्थानीय तह र उपभोक्ता संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।

साधारण सभामा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। उनले राज्यले खानेपानी उपभोक्ता संस्थामाथि लगाएको कर, उपभोक्ता संस्था सम्बन्धी ऐन–कानुन तथा उपभोक्ता समिति विघटन वा खारेजीसम्बन्धी व्यवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष ओलीले यी कानुनी व्यवस्थामा समयमै संशोधन नभए महासंघले सशक्त आन्दोलन र कडा प्रतिवादका कार्यक्रम अघि बढाउने चेतावनी दिए।

कार्यक्रम उपभोक्ता, प्रतिनिधि र सरोकारवालाको उल्लेखनीय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

 
 
आइतबार, २५ माघ २०८२, १० : ३७

प्रतिक्रिया