काठमाडौं- बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्ट्याइएको साधारण सेयरको ‘लकइन’ अवधि फागुन २९ गते सकिने भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै ‘लकइन’ अवधि सकिने जानकारी गराएको हो ।
कम्पनीका अनुसार २०८२ भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुलाइएको साधारण सेयर २०८२ भदौ ३० गते बाँडफाँट गरिएको थियो। कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।
‘लक-इन’ अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूसँग रहेको २ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।
प्रतिक्रिया