बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ, ल्यापटप र भिडियो रेकर्डर बरामद

आइतबार, २५ माघ २०८२, १६ : ३७

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्जर र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको बताएको छ ।

 
 
आइतबार, २५ माघ २०८२, १६ : ३७

प्रतिक्रिया