सूर्यज्योति लाइफको २ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, २६ माघ २०८२, १० : २२

काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
 

 
सोमबार, २६ माघ २०८२, १० : २२

प्रतिक्रिया