राष्ट्रपति पौडेलसमक्ष बेलायती गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन पेश

सोमबार, २६ माघ २०८२, ११ : १८

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन पेश गरेरेका छन्।

सो अवसरमा  राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयूक्त अधिराज्यले  विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र  दुवै राष्ट्रहरूले राष्ट्रसंघीय शान्तिसेना मार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे ।  

उनले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको  उल्लेख गर्दै एक महत्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पु¥याउँदै आएको सहयोगको लागि म धन्यवाद व्यक्त गरे  ।

उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा  नेपालीहरूको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याई रहेको पनि उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा  छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पु¥याउन उचित हुने आफूलाई लागेको बताए ।

राष्ट्रपति गोर्खा विग्रेडको  सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए ।

सो अवसरमा बेलायती सेनाका मेजर जेनरल  जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे । 

ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति माया र सम्मान प्रकट गर्ने गरेको उल्लेख गरे । 
 

 
सोमबार, २६ माघ २०८२, ११ : १८

प्रतिक्रिया