बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुई दिने तालिम सुरु

सोमबार, २६ माघ २०८२, १२ : ०५

काठमाडौं- बास नेपालको आयोजनामा सूचनाको हकसम्बन्धी दुई दिने तालिम सुरु भएको छ । उक्त तालिम आइतबार अनलाईन माध्यमबाट सुरु भएको हो । 

बास नेपालका पदाधिकारी, प्रदेश, शाखा, उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरुका लागि आयोजना गरिएको उक्त तालिम राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख प्रशिक्षण रहेको थियो । 

बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा तालिमको उद्धेश्य माथि प्रकाश पारेका थिए । तालिममा प्रशिक्षण दिँदै प्रमुख प्रशिक्षक पूर्व प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक लोकतन्त्रको वायुप्राण भएको उल्लेख गर्दै सूचनाको हक प्रबद्र्धन, प्रचलनले मुलुकको सुशासन बहालीमा योगदान पुग्ने बताए । 

तालिममा ३० बढी बास नेपालका प्रतिनिधिहरु सहभागी भएका छन् ।

 
 
सोमबार, २६ माघ २०८२, १२ : ०५

प्रतिक्रिया