काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २७ गते मंगलबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०।१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।
प्रतिक्रिया